१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १९ सोमबार ११:५३:००
Read Time : < 1 मिनेट
समाचार

ओलीलाई मोदीको स्वास्थ्यलाभकाे कामना – पशुपतिनाथको आशीर्वाद मिलोस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १९ सोमबार ११:५३:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यलाभको कामना गरेका छन् । मोदीले सोमबार बिहान ट्वीट गर्दै सफल सल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘प्रिय मित्र केपी ओली जी, सफल शल्यक्रिया साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ मोदीले ट्वीटमा भनेका छन्, ‘पशुपतिनाथको आशिर्वादले तपाईंलाई सुस्वाथ्य र खुसी र दीर्घायू प्राप्त होस् ।’

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन  निरन्तर योगदानका लागि तत्पर रहने विश्वास पनि मोदीले व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीको आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुने  भएको छ । त्यसका लागि उनी  आज  (सोमबार) त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छन् ।

My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.

— Narendra Modi (@narendramodi) March 2, 2020