१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका मुम्बइ
२०७६ माघ ७ मंगलबार १६:३०:००
Read Time : < 1 मिनेट
सप्तरंग

दिपिकालाई क्रिस्टल अर्वाड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका मुम्बइ
२०७६ माघ ७ मंगलबार १६:३०:००

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण ‘क्रिस्टल अर्वाड’बाट सम्मानित हुने भएकी छन् । आगामी २१ फेब्रुवरीमा अमेरिकाकाे डावोसमा हुने वल्र्ड इकोनोमिक्स फोरमको वार्षिक बैठकमा उनलाई उक्त अर्वाडबाट सम्मान गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

फोरमले उनलाई समाजमा मानसिक स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पु-याएको भन्दै उक्त अवार्ड प्रदान गर्न लागेको हो । फोरमले उक्त अवार्डका लागि दीपिकाको नाम घोषणा गर्दा उनको कामको खुलेर प्रशंसा गरेको थियो ।

पछिल्लो समय प्रदर्शनरत उनीद्वारा अभिनित चलचित्र ‘छपाक’ले बक्स अफिसमा राम्रो कमाइ गर्न नसके पनि उनको कामको भने सबैले खुलेरै प्रशंसा गरेका छन् । उक्त चलचत्रिमा एसिड पीडित युवतीको भूमिकामा देखिएकी उनी फिल्मका साथै सामाजिक कार्यमा पनि सक्रिय छिन् । एजेन्सी