१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ ३ शुक्रबार १०:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

Read Time : > 1 मिनेट
२०७६ माघ ३ शुक्रबार १०:२६:००

नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा पश्चिमी, मध्य भू-भाग र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली भइरहेको छ।

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

शुक्रबार दिउँसो : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार राती :   देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

शनिबार दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राती :   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

आइतबार दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

आइतबार राती :  देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।  उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुने छ । साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन र  चिसोबाट बच्न महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।