१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
उज्ज्वल काफ्ले
२०७६ पौष २४ बिहीबार ०७:४४:००
Read Time : > 2 मिनेट
नयाँCity

सहरको ट्रेन्ड : पोखरामा ‘एयर बिएनबी’ कल्चर

Read Time : > 2 मिनेट
उज्ज्वल काफ्ले
२०७६ पौष २४ बिहीबार ०७:४४:००

पोखराको मुख्य पर्यटकीय गन्तव्य, लेकसाइड । लेकसाइडको मुख्य चोक जरेबरमा पर्यटन व्यवसायी सुरेन्द्र न्यौपानेले सञ्चालन गरिरहेका छन्, ‘प्याराडाइज पोखरा अपार्टमेन्ट’ । व्यवस्थापन पढेका उनी करिब ६ वर्ष जापान बसे । स्वदेश फर्केर विवाह गरे । फेरि अध्ययनका लागि करिब सात वर्ष सपत्नी अस्ट्रेलिया बसे । उनी विदेशमै रमाउन सक्थे । तर, जन्मथलो पोखराको मोहले उनलाई स्वदेश फर्कायो ।

जापान र अस्ट्रेलिया बस्दा देखेको अपार्टमेन्ट कल्चरले उनलाई लोभ्याएको थियो । अस्ट्रेलियामा बस्दा उनीहरू सातादिनसम्म घुम्न निस्किन्थे । घुमफिर गन्तव्यमा अपार्टमेन्ट बुक गर्थे र त्यहीँ बस्थे । अपार्टमेन्टमा किचेन र बेडरुम हुन्थे । खाना आफैँ पकाउनुपर्ने । ‘त्यो अवधारणा विदेशीले खुबै मन पराउने रहेछन्,’ न्यौपाने भन्छन्, ‘पोखरा फर्केर त्यही व्यवसाय थाल्ने सोच बनाएँ । र, प्याराडाइज पोखरा अपार्टमेन्ट खोलेँ ।’

उनलाई आफ्नो अपार्टमेन्ट स्थानीय घरेलु कार्यालयमा दर्ता गर्न निकै समय लाग्यो । किनकि, त्यस अवधारणाबारे बुझाउनै सकेनन्, कार्यालयका कर्मचारीलाई । संयोगवश, तत्कालीन कार्यालय प्रमुख अस्ट्रेलिया घुम्न गए, जहाँ उनले अपार्टमेन्ट कल्चर देखे । र, स्वदेश फर्किनासाथ यस्ता अपार्टमेन्ट दर्ता गर्न थाले । न्यौपानेको अपार्टमेन्टमा अवकाश जीवन बिताइरहेका विदेशी पर्यटक बढी आउँछन् ।

जापान टोकियोका खाकु कोइतामे (७३ वर्ष) तिनैमध्येका हुन् । चौथोपटक पोखरा आएका उनी हरेकपटक ३–४ महिना बिताउँछन् । यस्तै, अमेरिकाकी ६८ वर्षीया जेनी पनि उनको अपार्टमेन्टमा बस्न चौथोपटक आएकी छिन् । अमेरिकाकै क्रेग फिलिप सपरिवार दुई वर्ष ६ महिनादेखि उनको अपार्टमेन्टमा बस्दै आएका छन् । उनी पोखरामा शैक्षिक परामर्शको व्यवसाय र मल्टी स्किल तालिम केन्द्र चलाइरहेका छन् ।

घर भाडामा लिएर बसेजस्तै हो, अपार्टमेन्ट कल्चर अर्थात् ‘एयर बिएनबी’ (एयर ब्रेड एन्ड ब्रेकफास्ट) । तर, घर या फ्ल्याट भाडामा लिँदा मासिक निश्चित रकम घरबेटीलाई बुझाउनुपर्छ । र, आवश्यक सबै सामान आफैँले जोहो गर्नुपर्छ । अपार्टमेन्ट कल्चरमा भने फर्निसिङलगायत सबै व्यवस्था सञ्चालकले गर्छन् । अपार्टमेन्टमै किचेन हुन्छ । खाना पाहुनाले नै पकाउँछन् । अपार्टमेन्ट कल्चरलाई संसारभर ‘एयर बिएनबी’ भनेर पनि चिनिन्छ । युरोपेली, अमेरिकीलगायत पश्चिमा मुलुकका नागरिकमाझ ‘एयर बिएनबी’ लोकप्रिय छ ।

नेपालका सहरमा भरखरै सुरु भएको हो, ‘एयर बिएनबी’को चलन । यसमा बस्न चाहने पर्यटकले कम्तीमा एक साताका लागि बुक गर्नुपर्ने न्यौपाने बताउँछन् । मन परेको अपार्टमेन्टमा पर्यटकले साता मात्र होइन, महिना र वर्ष पनि बिताउँछन् । ‘सिंगल बेडरुम’देखि ‘ओपन लिभिङ डाइनिङ किचेन’सम्मका अपार्टमेन्ट सञ्चालनमा छन् । छोटो अवधिका लागि बढी र लामो समयसम्म बस्दा कम रकम लिने गरेका छन्, व्यवसायीले ।

एक रातको ५० डलरबाट सुरु हुने शुल्क एक महिना र त्यसभन्दा बढी बस्न चाहनेका लागि ५० प्रतिशतसम्म ‘डिस्काउन्ट’ दिइने गरेको छ । पोखराकै पर्यटन व्यवसायी एकराज न्यौपानेले पनि  ‘एयर बिएनबी’ सञ्चालन गरिरहेका छन् । उनका अनुसार केही वर्षयता संसारभर भिगन कल्चरको लहर चलेको छ । र, उक्त कल्चर अपनाएका पर्यटकले होटेलमा बस्न र खान मन पराउँदैनन् ।

सन् १९६७ तिरदेखि अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा १–२ महिना घुम्न निस्किन्थे र त्यस अवधिमा आफ्नो घर भाडामा लगाउँथे । उनीहरू फर्किएपछि भाडामा बसेका व्यक्ति अन्यत्र सर्थे । त्यसैबाट ‘एयर बिएनबी’को सुरुवात भएको हो ।

उनीहरूकै कारण संसारभर ‘एयर बिएनबी’ कल्चर फैलिएको उनी बताउँछन् । पोखरामा मात्र करिब ८० वटा ‘एयर बिएनबी’ सञ्चालनमा छन् । ती सबै पाँच वर्षयता खुलेका हुन् । विदेशी पर्यटकले अनलाइनमार्फत ‘एयर बिएनबी’को खोजी गर्छन् । र, आफूलाई उपयुक्त लागेको अपार्टमेन्ट बुक गर्छन् । पर्यटन व्यवसायी न्यौपानेका अनुसार सन् १९६७ तिरदेखि अमेरिकाको क्यालिफोर्नियाबाट ‘एयर बिएनबी’को सुरुवात भएको हो ।

१–२ महिना घुम्न निस्किने क्यालिफोर्नियाका बासिन्दाले त्यस अवधिमा घर भाडामा दिन्थे । उनीहरू फर्किएपछि भाडामा बसेका व्यक्ति/परिवार अन्यत्र सर्थे । ‘त्यसैबाट ‘एयर बी एन्ड बी’को सुरुवात भएको हो,’ उनी भन्छन्, ‘अपार्टमेन्टमा आउँदा एउटा झोला बोकेर आए पुग्छ ।’ उनका अनुसार विभिन्न परियोजनाका लागि आएका विदेशी यस्तै अपार्टमेन्टमा बस्न रुचाउँछन् । पोखरामा प्याराग्लाइडिङका विदेशी पाइलटबाट ‘एयर बिएनबी’को कल्चर भित्रिएको उनी बताउँछन् ।