१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार १६:२७:००
Read Time : < 1 मिनेट
समाचार

विवेकशील नेपाली दल अर्को चुनावको तयारीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार १६:२७:००

विवेकशिल नेपाली दल हालै सम्पन्न उपनिर्वाचनको समीक्षापछि २०७९ मा हुने निर्वाचनको तयारी थाल्ने जनाएको छ । सुसंस्कृत राजनीतिलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई धैर्यपूर्वक जिम्मेवारी वहन गर्न निर्वाचनको तयारी थाल्नु आवश्यक रहेको विवेकशिलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । 

राजनीतिक सङ्गठनको हैसियतमा उपनिर्वाचनको समीक्षा बैठकले निकालेको रायसहितको समीक्षा मंसिरको अन्त्यसम्ममा सार्वजनिक गर्ने दलले जानएको छ । 
समीक्षासँगै २०७६ भित्रनै  पार्टीको  नीति तथा रणनीतिमा छलफल गर्दै संगठनको प्रादेशिक सम्मेलन गर्ने विज्ञप्तीमा उल्लेख छ ।