१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर ९ सोमबार १४:४३:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पामा २२ गतेदेखि वार्षिक परीक्षा सुरू

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार १४:४३:००

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको ३१ वटै विद्यालयमा २२ मंसिरदेखि वार्षिक परीक्षा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

२२ गतेदेखि परीक्षा सुरु भएर पुष दोस्रो सातासम्म नतिजा प्रकाशन हुने र करिब ४५ दिनकालागि विद्यालय बन्द हुने नगर शिक्षा प्रमुख भिमबहादुर धरालाले जानकारी दिए ।

वार्षीक परीक्षामा १ देखि १० कक्षासम्मका ४२ सय विद्यार्थीहरु सहभागि हुनेछन् ।

अन्य जिल्लाहरुमा बैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएर चैत्रमा सकिने भएपनि डोल्पामा भने फागुनमै नयाँ शैक्षिक सत्र सुरु भएर पुष दोस्रो हप्तामा सकिने गर्दछ ।