Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ कार्तिक २४ सोमबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना देखिएपछि कक्षा ११ को वार्षिक परीक्षा स्थगित

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २४ सोमबार १६:२५:००

सल्यानको शारदा नगरपालिका– १ शीतलपाटीस्थित शिवजन माविमा सञ्चालित  कक्षा ११ को वार्षिक परीक्षा स्थगित भएको छ । 

कात्तिक २१ गतेदेखि सुरु भएको कक्षा ११ को परीक्षा दुई दिन सञ्चालन भएपछि अर्को  सूचना प्रकाशन नहुँदासम्मका लागि स्थगित गरिएको प्रधानाध्यापक हिरालाल नेपालीले बताए । 

शारदा नगरपालिकाको– १ ले २३ कात्तिकदेखि श्रीनगरलगायत आसपासका क्षेत्र सिल गरेपछि परीक्षा स्थगित भएको हो ।

परीक्षासँगै विद्यालयमा भइरहेको पढाइ पनि बन्द गरिएको विद्यालयले जनाएको छ । 

अहिले सल्यानमा केही विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गरिरहेका छन् । केही विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नतिजा दिने तयारी गरेका छन् ।