१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ भदौ १ आइतबार १४:१८:००
Read Time : > 1 मिनेट
प्रदेश

नदी कटानले भिमादका दुई दर्जन परिवार विस्थापित

Read Time : > 1 मिनेट
२०७६ भदौ १ आइतबार १४:१८:००

सेतीनदीको कटानले भिमाद नगरपालिकाका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । ०६१ सालमा सुरु भएको नदी कटान नियन्त्रणमा चासो नदिँदा हरेक वर्ष विस्थापित हुनेको संख्या बढ्दो छ । 

बर्खा सुरु भएसँगै भीमादका बासिन्दालाई कसरी सुरक्षति रहने भन्ने चिन्ता हुन्छ । यहाँका कैयौँ परिवार बर्खाभर दिउँसो भीमाद बजारमा बसे पनि रात परेपछि सुरक्षित स्थान खोज्दै बजारमाथिको बस्ती जान्छन् । 

भीमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीका अनुसार नदी कटान नियन्त्रणका लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ । तर, बजेट पर्याप्त नहुँदा कटान नियन्त्रण हुन सकेको छैन । उनका अनुसार नगरपालिकाले नदी नियन्त्रणमा प्रत्येक वर्ष पाँच लाख छुट्याउँदै आएको थियो । यस वर्ष नगरपालिकाको बजेटमा गण्डकी प्रदेश सरकारले पनि बजेट थपेको छ । प्रदेश सरकारका तर्फबाट नदीमा तटबन्ध लगाउन ४० लाख रुपैयाँ विनियोजन नगरेको छ । स्थानीयको सुरक्षाका लागि संघीय सरकारले बजेट विनियोजन गर्न आवश्यक रहेको उनको भनाइ छ । 

एक सय घर पहिरोको जोखिमा
सेतीनदी कटानका कारण भीमाद नगरक्षेत्रका करिब एक सय घर पहिरोको उच्च जोखिममा छन् । पहिरोको जोखिम बढेकै कारण दुई दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेको स्थानीय धु्रव भण्डारीले बताए । उनले भने, ‘पानी पर्नेबित्तिकै सेनीनदीमा पानीको बहाव बढ्छ जसले गर्दा जमिन कटान र किनारामा रहेका घरको डिल खस्न सुरु हुन्छ ।’ 

भीमादका कैयौँ परिवार विस्थापित भइसकेका छन् । कतिपय बजारका घर छाडेर भाडामा बस्न थालेका छन् । विकल्प नभएका २५–३० परिवार पानी पर्नसाथ घर छाड्ने र नपरेका वेलामा आएर बस्ने भण्डारीले बताए । उनीहरूले दिउँसोको समयमा पानी पर्न थालेपछि सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ लैजान्छन् । रघुप्रिय सामुदायिक वनको एक हेक्टर क्षेत्रफलसमेत नदी कटानमा परिससकेको छ । नदी नियन्त्रणका लागि पटक–पटक मन्त्रालयमा डेलिकेसन जाँदासमेत कुनै सुनुवाइ नभएको वडाध्यक्ष जोशीले बताए ।