१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सप्तकोसी नदी कटान रोक्न बाँध निर्माण गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५३:oo

सप्तकोसी नदी कटानको प्रभावित क्षेत्रमा पर्ने उदयपुरको बेलका नगरपालिका– ८, मेखबारीमा बाँध निर्माण गर्न सुरु गरिएको छ । सप्तकोसी नदीले धार परिवर्तन गर्दै मानव बस्ती र खेतीयोग्य जमिनतिर सोझिएपछि बाँध निर्माण सुरु गरिएको हो । 

सप्तकोसीको वहाब गाउँतिर मोडिएपछि नदी कटानको उच्च जोखिममा मेखबारी क्षेत्र परेको थियो । मेखबारी क्षेत्रको जमिन र बस्ती जोगाउन बाँध निर्माण सुरु गरिएको सुनसरी मोरङ सिँचाइ आयोजनाका इन्जिनियर नित्यानन्द झाले बताए ।

उनले भने, ‘मोरङ सिँचाइ आयोजनाको प्रभावित क्षेत्र पनि उदयपुरको भाग पर्छ । त्यही भएकाले हाल एक सय ९० मिटरमा बाँध निर्माण सुरु गरिएको छ ।’ आयोजनाले हाल भ्याटसहित ६ करोड २७ लाख रुपैयाँ लागतमा बाँध निर्माण सुरु भएको उनको भनाइ छ । उनले भने, ‘जम्मा पाँच सय मिटरमा बाँध बाँध्नुपर्नेछ, जसमा हाल एक सय ९० मिटरको काम सुरु भएको छ ।’

सप्तकोसी नदीले पश्चिमी किनाराबाट बाटो बनाउँदा उदयपुरको बेलका नगरपालिका वडा नं ८ को कोठु, चम्पापुर, मेखबारी र सोमबारेसम्मको गाउँ बस्ती र खेतीयोग्य जमिन कोसी कटानको उच्च जोखिममा परेको र अर्काेतिर सुनसरी र मोरङ जिल्लाको सिँचाइका लागि बनाइएको आयोजनाको नहरमा पानीको अभाव हुने गरेकाले पनि बाँध महŒवपूर्ण भएको झाले बताए । उनले भने, ‘यस क्षेत्रको कटान नियन्त्रण र आयोजनाको नहरमा सदाबहार पानी पठाउन अरू संरचनाहरूको समेत खाँचो रहेको छ ।’ 

उक्त बाँधले सप्तकोसी किनारमा पर्ने बेलका नगरपालिका– ८ का दर्जनौँ गाउँ सुरक्षित हुने स्थानीय सुशान्त राईले बताए । उनले भने, ‘कोसीपीडित माथिल्लो क्षेत्रका लागि बाँध महत्वपूर्ण भए पनि तल्लो क्षेत्रमा जोखिम कायमै छ ।’

कोसी कटानबाट बेलका नगरपालिका वडा नं ३ स्थित चिलिया टप्पु, श्रीलंका टप्पु, सिसौली टप्पु, एबिसी टप्पु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसीटप्पु आरक्ष उच्च जोखिममा रहेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।

उनका अनुसार सिँचाइ तथा यातायात क्षेत्रको विकास गर्ने उद्देश्यले नेपाल र भारतबीच सन १९५४ अप्रिल २५ मा कोसी सम्झौता भएको हो । सो सम्झौताअनुसार चतरादेखि ब्यारेजसम्म दुवैतर्फ भारत सरकारले तटबन्ध निर्माण गर्नुपर्ने भए पनि सोअनुसार अहिलेसम्म काम हुन नसकेकाले जोखिम कायम रहेको उनको भनाइ छ ।

ad
ad