१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २२ बुधबार ००:३१:००
Read Time : < 1 मिनेट
विश्व

भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हृदयघातबाट निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २२ बुधबार ००:३१:००

भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार  हृदयघातबाट निधन भएको छ । गत वर्ष उनको मृगौला प्रत्यारोपण भएको थियो । भाजपा नेता तरूण विजयले स्वराजको निधन भएको पुष्टि गरेका छन् । 


गत वर्ष माघ १८ र १९  गते उनी प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेषदूत  बनेर  नेपाल आएकी थिइन् । त्यसबेला सत्तारोहण गर्दै गरेका एमाले नेता केपी शर्मा ओलीसित सम्बन्ध सुधार उनको मिसन थियो ।

नाकाबन्दीका बेला उनले राज्यसभामा त्यसको बचाउ गरेकी थिइन् । उनलाई एआइएम्स अस्पताल भर्ना गरिए लगत्तै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । उनी ६७ वर्षीया  थिइन् ।