१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ श्रावण १८ शनिबार ०७:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

गोरेका नौ डायरी लुकाइँदा घटना रहस्यमै

Read Time : > 1 मिनेट
२०७६ श्रावण १८ शनिबार ०७:१७:००

३८ क्विन्टल सुन तस्करी र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’का नौ डायरी लुकाउँदा घटनाको रहस्य जटिल बनेको छ । तस्करीमा संलग्नको नाम लेखिएका गोरेका नौ डायरी र विभिन्न हिसाबकिताब राखिएका फुटकर चिटका पाना प्रहरीले बरामद गरेको थियो । २७ चैत ०७४ मा गोरेका सहयोगी मोहन काफ्ले र ३० चैतमा शनम शाक्यको घरबाट बरामद गरिएका यी कागजातको सक्कल अदालतमा बुझाइएको छैन । सरकारी प्रतिवेदनअनुसार यी डायरीहरू परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । 

‘त्यो डायरीमा बहालवाला मन्त्रीदेखि, उपल्लो तहका नेता तथा प्रहरीको समेत नाम भएको अपुष्ट खबर आइरहेको छ,’ बहसका क्रममा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमालाई प्रश्न गर्दै श्रेष्ठले भनेका थिए, ‘त्यो डायरी सरकारी वकिललाई समेत दिइएको छैन । अदालतले माग्नुपर्छ कि पर्दैन ?’ 

‘सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको पनि मिलेमतो हुने गर्छ । को–को संलग्न छन् यकिन भन्न सक्दिनँ । तस्करीबाट आउने सुन सबै भारत जान्छ,’ गोरेले अदालतमा लिखित बयान दिएका छन्, ‘मभन्दा माथिल्लो लेयरका सुन तस्करीका नाइके, प्रहरी उच्च अधिकारी तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेको बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुन्छ ।’ 

पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले गोरेका सक्कली डायरी झिकाउन माग गरेका थिए । उनले जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहको अदालतमा बहस गर्दा बारम्बार ती सक्कली डायरी झिकाउन न्यायाधीशसँग माग गरेका थिए । गत सोमबार सर्वोच्च अदालतमा बहस गर्दा पनि यही माग गरेका थिए । ‘त्यो डायरीमा बहालवाला मन्त्रीदेखि, उपल्लो तहका नेता तथा प्रहरीको समेत नाम भएको अपुष्ट खबर आइरहेको छ,’ बहसका क्रममा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमालाई प्रश्न गर्दै श्रेष्ठले भनेका थिए, ‘त्यो डायरी सरकारी वकिललाई समेत दिइएको छैन । अदालतले माग्नुपर्छ कि पर्दैन ?’