मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
२o८३ असोज १४ बुधबार १९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङ हिमपहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो, नौजना अझै बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १९:४६:oo

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। हिमपहिरोमा परी बेपत्ता भएका तीनजनाको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या सात पुगेको हो। हिमपहिरोमा परेकामध्ये यसअघि आइतबार दुईजनाको र सोमबार थप दुईजनाको शव फेला परेको थियो।

हिम्लुङ हिमालको पाँच हजार दुई सय मिटर उचाइमा रहेको आधार शिविरआसपासको क्षेत्रमा हिउँले पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको हो। बिहीबार रुकुमको हुकाम– ७ का ५७ वर्षीय कलम बुढा, खोटाङको ऐंसेलुखर्क– ९ का २१ वर्षीय सुरज राई र गोरखाको केरौँजा– १ का ५८ वर्षीय आस गुरुङको शव फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

बेपत्ताहरूको खोजीमा परिचालन गरिएको एभरेस्ट एयरको हेलिकोप्टरमार्फत उनीहरूको शव प्रदेश अस्पताल चामे ल्याइएको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमालयन होलिडे कम्पनीमार्फत २१ जना र इक्पिडिसन इमाजिन कम्पनीमार्फत ६ जना गरी २७ जना हिम्लुङ हिमालको आधार शिविरमा क्याम्प सेटअप गर्नका लागि २ असोजमा काठमाडौंबाट गएका थिए। तीमध्ये ११ जना सम्पर्कमा आएका छन् भने नौजना अझै सम्पर्कविहीन छन्।

↑