मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
२o८३ असोज १४ बुधबार १o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुडोका ६ मध्ये चार खेलाडी पहिलो चरणमै आउट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १o:o७:oo

जापानको आइची नागोयामा चलिरहेको २०औँ एसियाली खेलकुदको जुडोतर्फ बुधबारबाट खेल सुरु भएका छन् । बुधबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ। नेपालका ६ मध्ये चार खेलाडी कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाट माथि बढ्नै सकेनन्। 

सरकारले २१ खेल सहभागी हुँदा यही जुडो, कराँते, तेक्वान्दो, बक्सिङ, कबड्डीलगायत खेलबाट पदकको आशा गरेको थियो। कराँतेमा आशा गरिएका खेलाडीबाट पदक आउट सकेन। तेञ्जिङ शेर्पाले कांस्य पदक जिताएका थिए । यस्तै, कबड्डी महिला टिमले पुनः कांस्य पदक जितेको हो । सरकारले स्वर्णसहित दोहोरो पदकको आशा गरे पनि मैदानमा भने नतिजा निस्किएको छैन । 

जुडोतर्फ पनि आशा गरिएका खेलाडी अघिल्लो चरणमै प्रवेश गरेनन्। महिला ४८ केजीमुनिको प्रतिस्पर्धामा निशा श्रेष्ठ हङहङकी वोङ कालीसँग इप्पोनको आधारमा पराजित भइन्। ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकीमाया श्रेष्ठ भियतनामकी लाम थि ग्गान हासँग युकोको आधारमा पराजित भएकी हुन्। 

यता, पुरुषतर्फको ६६ केजीमुनि विशेष विक हङकङकै वोङ काकीसँग वाजा अरीको आधारमा पराजित भए। यस्तै, ६६ केजीमुनि इप्पोनकै आधारमा विकास विक उज्वेकिस्तानका खुचकरोभ समारिदिनसँग पराजित भएका छन्। 

अब, नेपालकी पुनम श्रेष्ठले ५२ केजीमुनि र सुजन गुरुङले ९० केजीमुनि बिहीबार आफ्नो चुनौती प्रस्तुत गर्नेछन्।

↑