मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १ बिहीबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १ बिहीबार १५:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई गगनको आग्रह– महाधिवेशन उद्घाटन गरिदिनुस्, सम्मानको विषय हुनेछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १ बिहीबार १५:४४:oo

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको उद्घाटन गर्न आग्रह गरेका छन् । उनले असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटन समारोहमा देउवाको उपस्थितिलाई पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वसभापति देउवालाई उद्घाटन समारोहमा सहभागी हुन आग्रह गरेका हुन्। उनले देउवालाई सम्बोधन गर्दै भने, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ।’

सभापति थापाले कांग्रेसको विधानअनुसार देउवा अब सभापति पदमा उम्मेदवार बन्न नसक्ने पनि स्पष्ट पारे। ‘पार्टीको विधानले पनि त्यही भन्छ । उहाँ अब पार्टीको सभापति बन्ने होइन,’ उनले भने।

 

↑