मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १६ मंगलबार १९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकोशी बाढी : १०५० शव फेला, करिब ३९१६ सम्पर्कविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार १९:४o:oo

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार १०५० शव भेटिएको छ।

सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ। चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र नुवाकोटमा १४२ वटा शव भेटिएको छ। यसैगरी, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ शव भेटिएको छ।

प्राधिकरणका अनुसार हालसम्म करिब तीन हजार ९१६ जना सम्पर्कविहीन छन्। त्यसमध्ये नुवाकोटबाट करिब १५५८ र रसुवाबाट ८६५ जना हराइरहेका छन्।
 
जलविद्युत् आयोजनाबाट करिब ६३९, विदेशी नागरिक ५८३, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १६४ जना सम्पर्कविहीन रहेका तथ्यांकमा उल्लेख छ।