मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ५ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ ५ शुक्रबार o८:५४:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ ५ शुक्रबार o८:५४:oo

संस्थापनइतर पक्षले सातै प्रदेशमा चलाउन लागेको पार्टी पुनर्निर्माण महाभियान’ले एमालेमा कुनै फरक पार्ला ?
एमालेमा यो अभियान धेरै अगाडि नै सुरु हुनुपर्थ्यो । पार्टीमा पुरानो पुस्ता असान्दर्भिक भएपछि नयाँ पुस्ताले विकल्प खोज्नु स्वाभाविक हो । यसले सीमित व्यक्ति विशेषलाई केही घाटा पुर्‍याए पनि सिंगो पार्टीलाई थप ऊर्जा र गति दिन्छ । यसले पार्टीपंक्तिमा मात्र नभई आमजनतामा समेत आशा जगाउँछ । यतिखेर एमालेलगायत देशका सबै पुराना दलमा अघिल्लो पुस्ताबाट चरम निराशा छ । पटक–पटक प्रधामन्त्री, मन्त्री या सांसद बन्दा, केही गरेर देखाउने अवसर पाउँदा पनि हरेकपटक चुकेको, असफल भएको नेतृत्वविरुद्ध पार्टी कार्यकर्ताले विद्रोह गर्नुपर्ने हो । तर, गत २१ फागुनको निर्वाचनमा जनताले मतमार्फत विद्रोह गरिदिए । यसबाट ती पार्टीका आमकार्यकर्ता पनि उत्साहित नै छन् । त्यसैले, यो अभियानले एमालेको पार्टी जीवनमा पक्कै पनि सकारात्मक प्रभाव पार्छ । 

यस्तो अभियानले एमालेमा पुस्तान्तरणको दबाब दिन सक्ने सम्भावना कति देख्नुहुन्छ ?
एमाले अध्यक्ष ओलीलाई उहाँकै ‘कोर टिम’मा बसेर साथ दिइरहेका नेताले नै उहाँकै सम्मुखमा बसेर नेतृत्व छाड्न दबाब दिइसकेको अवस्थामा यस्तो अभियानले नेतृत्व पुस्तान्तरणमा पर्याप्त दबाब दिन सक्छ । समयको पदचाप र पार्टीका नेता, कार्यकर्ताको भावना बुझेर सम्मानपूर्वक बिदा हुने कि अपमानित भएर निकालिने, विकल्प छनोट गर्ने जिम्मा नेतृत्व स्वयंको हो । 

नेतृत्वको इच्छाविपरीत सञ्चालन गरिने यस्तो अभियानले पार्टी थप कमजोर त हुँदैन नि ?
यस्तो अभियान चलाउनुलाई गुटबन्दी भन्न मिल्दैन । यो सिंगो पार्टीपंक्तिले धेरै अघि नै उठाउनुपर्ने विषय थियो । अहिले केही नेता, कार्यकर्ताले उठाए । यसमा अध्यक्ष ओलीनिकट नेताहरूकै प्रत्यक्ष, अप्रत्यक्ष प्रोत्साहन हुन पनि सक्छ । तर, जजसले उठाए पनि या प्रोत्साहन गरे पनि यो अभियानले पार्टीलाई कमजोर होइन, बलियो नै बनाउनेछ ।