मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
तस्बिर : दीपेन्द्र ढुंगाना /नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संकटको घडीमा आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह

मन भक्कानिँदा पनि एकआपसमा बिलाप गर्ने समय छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १३:२८:oo

प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घडीमा देशको नेतृत्वले आँसुमा डुबेर विश्राम लिने नभई नागरिकलाई हिम्मत, आँट र भरोसा दिनुपर्ने बताएका छन्।

बुधबार संसद्को रोस्टममा उभिँदै प्रधानमन्त्री शाहले क्षणभरमै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। उनले आफ्ना मान्छे गुमाएर शोकमा रहेका परिवारप्रति आफू र सरकारको गहिरो पीडा रहेको बताए।

‘आफ्नो मान्छे गुमाएर शोकमा रहनुभएका सबैप्रति समवेदना व्यक्त गर्दछु। आफ्नो मान्छे हराएर गहिरो पीडामा रहनुभएकाहरूको पीडा हामी गहिरोसँग महसुस गर्दछौँ,’ प्रधानमन्त्री शाहले भने।

उनले रसुवा, नुवाकोट र धादिङमा परेको विपत्तिलाई त्यहाँका नागरिकको मात्र पीडा नभई सिंगो नेपालको छातीमा परेको बज्रपातका रूपमा चित्रण गरे।

प्रधानमन्त्री शाहले संकटको यस घडीमा सरकार र नेतृत्वलाई थकान तथा व्यक्तिगत पीडाका कारण विश्राम लिने छुट नरहेको स्पष्ट पारे। ‘शरीर थाक्यो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक–आपसमा विलाप गर्ने समय छैन,’ उनले भने।

उनका अनुसार विपत्तिको सामना गर्न नेतृत्वले नागरिकमा निराशा होइन, आशा र भरोसा जगाउनुपर्छ। संकटका वेला देशको नेतृत्वले आँसु देखाउनेभन्दा पनि नागरिकलाई हिम्मत र साहस प्रदान गर्नुपर्ने उनले बताए।

‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आँट र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ,’ प्रधानमन्त्री शाहले भने।

उनले दृढसंकल्प र साहसका साथ विपत्तिसँग लड्नुको विकल्प नरहेको उल्लेख गर्दै सरकार त्यसैअनुसार अघि बढिरहेको बताए। ‘दृढसंकल्प र साहसका साथ विपत्तिमा लड्नुको विकल्प थिएन र हामी लडिरहेका छौँ,’ उनले संसदमा बताए।