१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ श्रावण ३ शुक्रबार १२:०५:००
Read Time : < 1 मिनेट
समाचार

शिक्षकको कुटाईबाट मृत्यु भएको विद्यार्थीको ११औं दिनमा अन्त्यष्टी गरिदै

Read Time : < 1 मिनेट
२०७६ श्रावण ३ शुक्रबार १२:०५:००

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित महाकाली बाल विद्यालयका शिक्षकहरुको सामुहिक कुटपिटबाट मृत्यु भएको बालकको शव आफन्तले बुझेका छन् । 
कुटाईपछिको १२ औं दिनमा मृत्यु भएको बालकको शव मृत्यु भएको ११ औं दिनमा शुक्रबार आफन्तले बुझेका हुन् । 

शिक्षकको कुटाईबाट घाइते भएका महाकाली बाल विद्यालय कक्षा ९ मा अध्ययनरत छात्र माधव कलौनीको गत २४ असारमा भारतीय अस्पतालमा मृत्यु भएको थियो । 

माधवको भारतीय सरकारी अस्पतालमा पोष्टमाष्टम गरेपछि आफन्तले महाकाली अञ्चल अस्पतालमा पुनः परीक्षणका लागि शव राखेका थिए । बिहीबार माधवको पुनः पोष्टमाष्टम गरिएको छ । 

‘नेपालमा पुनः पोष्टमाष्टम गरियो, प्रहरीले पनि घटनाको निष्पक्ष छानबिन गर्ने भनेको छ,’ मृतकका मामा पुष्पमणी जोशीले भने, ‘अब शुक्रबार शव बुझेर लग्दैछौं, आजै धार्मिक परम्परा अनुसार महाकालीमा अन्त्येष्टी गछौं ।’ 

१० असारमा गाउँमै विद्यार्थीहरुबीच भएको झैझगडाको विषयलाई लिएर १३ असारमा विद्यालयका प्रिन्सिपलसहितका शिक्षकले कुटपिट गरेको पीडित परिवारले जनाएका थिए । विद्यालयबाट समेत निस्कासित  गरिएका माधवको खुट्टामा समस्या देखिएपछि उनलाई डडेल्धुराको अस्पतालमा उपचार गराइएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि माधवलाई थप उपचारका लागि महाकाली हुँदै, नेपालगन्जको शिक्षण अस्पतालमा लगिएको थियो । उनको शिक्षण अस्पतालमासमेत उपचार नभएपछि भारतीय त्रिमुर्ति अस्पताल लगिएको थियो । शिक्षककै सामुहिक कुटाईबाट माधवको मृत्यु भएको भन्दै परिवारले शव बुझन मानेका थिएनन् ।