१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १७ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मलामीको कुटपिटबाट घाटका कामदारको मृत्यु

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o१:oo

मलामी आएका व्यक्तिको कुटपिटबाट घाटमा शव जलाउने एकजना कामदारको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका– ४ बुढीखोला किनारमा रहेको मुक्तिघाटमा मलामी आएका दुईजना व्यक्तिले  चिर्पट प्रहार गर्दा शव जलाउँदै आएका कामदार २७ वर्षीय विनोद तामाङको मृत्यु भएको हो।

मुक्तिघाट क्षेत्र विकास समितिमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका तामाङलाई आइतबार दिउँसो २ बजेतिर मलामी आएका इटहरी उपमहानगरपालिका– ४ गैरीगाँउका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेका थिए । कुटपिटबाट घाइते भएका विनोदको उपचारको क्रममा वेदान्त अस्पताल इटहरीमा आइतबारै मृत्यु भएको इलाका प्रहरी इटहरीले जनाएको छ ।  

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी  अनुसन्धान थालेको र फरार रहेका अनिल तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

ad
ad