मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार o७:o२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भारतीय सेनाध्यक्ष आइतबार आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o७:o२:oo

भारतीय नवनियुक्त सेनाध्यक्ष धीरज सेठ नेपालको औपचारिक भ्रमणका क्रममा आइतबार आउने भएका छन् । गत १६ असारमा सेनाध्यक्षको कार्यभार सम्हालेपछि उनी पहिलो विदेश भ्रमणका रूपमा नेपाल आउन लागेका हुन् ।

उनको साथमा श्रीमती कोमल सेठ तथा भारतीय सेनाका अधिकारीहरू आउन लागेका छन् । नेपाल र भारतका सेनाध्यक्ष एक अर्को सेनाको मानार्थ प्रमुख हुने परम्पराअनुसार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी लगाउन र द्विपक्षीय वार्ताका लागि उनी आउन लागेका छन् । उनको पहिलो विदेश भ्रमण नेपालबाट सुरु हुनुलाई जानकारहरूले यो भ्रमण अर्थपूर्ण रहेको टिप्पणी गरेका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको जंगी अड्डाले बिहीबार पुष्टि गरेको छ । ‘प्रधानसेनापतिज्यूको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्षज्यू आइतबार चारदिने भ्रमणका क्रममा आउने तय भएको छ,’ सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भने ।