Skip This
सरकारको काम सकारात्मक दिशामा अघि बढेको छ : कवीन्द्र बुर्लाकोटी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २६ मंगलबार २o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारको काम सकारात्मक दिशामा अघि बढेको छ : कवीन्द्र बुर्लाकोटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार २o:२४:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले वर्तमान सरकार चार महिनाको अवधिमा सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरेका छन्।

संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउने र बन्द उद्योग पुनः सञ्चालन गर्ने कामलाई प्राथमिकतामा राखेको बताए।

उनले सरकार गठनको १०० दिनभित्र सुरु गरिएका योजनाहरू अहिले कार्यान्वयनको चरणमा पुगेको दाबी गरे। सरकारका कामले बिस्तारै परिणाम देखाउन थालेको उनको भनाइ थियो।

बुर्लाकोटीले विभिन्न घटनासम्बन्धी छानबिन समितिका प्रतिवेदनहरू सरकारले सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए।