Skip This
दाहाल यज्ञनिधि पुरस्कार निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २६ मंगलबार १९:३८:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

दाहाल यज्ञनिधि पुरस्कार निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार १९:३८:oo

साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ। 

सोमबार काठमाडौंमा आयोजित एक समारोहबिच दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि  सुधा सदन’ले पुरस्कार प्रदान गरेको हो। नेपाली भाषा–साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत अधिकारी र सुब्बालाई  पुरस्कार दिइएको संस्थाले जनाएको छ। पुरस्कारको राशी एक लाख ५० हजार छ।

साहित्यकार भवानी अधिकारी भारतको मणिपुरमा रहेर शिक्षण पेसासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा सक्रिय छन्। उनका ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्यालभित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’लगायतका कृति प्रकाशित छन्। उनले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’, ‘मरुभूमि’लगायतका कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेका छन्।

यस्तै निर्देशक सुब्बाले नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्‍याए। उनले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ तथा ‘गाउँ आएको बाटो’जस्ता चलचित्र शृंखलाको निर्देशन गरिसकेका छन्। उनी हाल ‘लाहुरे जुत्ता’ नामक नयाँ चलचित्र निर्माणको तयारीमा छन्।

२०१० साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र सञ्चार क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उनका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, (गीति एल्बम–२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), दाहाल यज्ञनिधिको जीवन चर्चा र कृति चर्चा ‘जदौ’ (२०६९), दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१)लगायत कृति प्रकाशित छन्।