Skip This
चार वर्षपछि सन्दीपलाई कप्तानीको जिम्मेवारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २५ सोमबार १८:३४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चार वर्षपछि सन्दीपलाई कप्तानीको जिम्मेवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १८:३४:oo
  • क्यानले ३० अगस्टदेखि मलेसियामा हुने एसिसी प्रिमियर कपका लागि नियमित कप्तान रोहितकुमार पौडेलको स्थानमा लामिछानेलाई एकदिवसीय टोलीले दियो जिम्मेवारी

लेग स्पिनर स्पिनर सन्दीप लामिछाने चार वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुनः कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानी जिम्मेवारी दिएको हो । क्यानले सोमबार सन्दीपको कप्तानीमा १४ सदस्यीय एकदिवसीय टोलीको घोषणा गरेको छ । नेदरल्यान्ड्समा भएको विश्वकप लिग २ मा खराब प्रदर्शन गरेपछि रोहितकुमार पौडेलले कप्तान गुमाएका हुन् । सन्दीपले अन्तिमपटक ३० अगस्ट सन् २०२२ मा नेपालका लागि कप्तानी गरेका थिए ।

०७९ को कात्तिकमा रोहित नेपालको कप्तान बनेका थिए । त्यतिवेला पनि रोहितले सन्दीपकै स्थान लिएका थिए । नेदरल्यान्ड्सको भ्रमणमा नेपालले एक जित पनि निकाल्न सकेन । अहिले नेपाल २४ अंकका साथ तालिकाको सातौँ स्थानमा छ । नेदरल्यान्ड्समा बिर्सनलायक प्रदर्शन गरेपछि नेपालको एकदिवसीय मान्यता पनि धरापमा परेको छ ।

फेरि कप्तान बनेका सन्दीपको काँधमा पहिलो जिम्मेवारी नै नेपालको एकदिवसीय मान्यता रक्षा गर्नु हुनेछ । विश्वकप लिग २ मा नेपालले अन्तिम सिरिज खेल्न बाँकी छ । मंसिर २९, २०७८ मा ज्ञानेन्द्र मल्ललाई हटाएर क्यानले २१ वर्षीय सन्दीपलाई राष्ट्रिय टोलीको कप्तान बनाएको थियो । त्यसवेला विश्व क्रिकेटमा उनी छैटौँ कान्छो कप्तानका रूपमा चिनिएका थिए । उनले ०७९ मा एकदिवसीय र टी–२०आईमा नेपालको कप्तानी जिम्मेवारी बहन गरेका थिए ।

सन्दीप नेपालका लागि एकदिवसीय र टी–२०आईमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले ४२ खेलमै सय एकदिवसीय विकेटको विश्वकीर्तिमान बनाएका थिए । यसैगरी, उनले ७३ खेलमा १५० विकेटको विश्वकीर्तिमान पनि राखेका थिए । उनले १६ साउन, ०७५ मा नेपालबाट नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए ।

युवा खेलाडीलाई मौका
सन्दीपको कप्तानीमा नेपालले ३० अगस्टमा मलेसियामा आयोजना हुने एसिसी प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगिताका लागि क्यानले सिनियर खेलाडीलाई विश्राम दिएर युवा खेलाडीलाई मौका दिइएको छ । चोटका कारण बाहिरिएका नन्दन यादव, कुशल भुर्तेल, सोमपाल कामी र आरिफ सेख यसपटक टोलीमा अटाएनन् । युवा खेलाडीका रूपमा सन्दीप जोरा, देव खनाल, बसिर अहमद र शेर मल्ललाई क्यानले टोलीमा समावेश गरिएको छ । एकदिवसीय टोलीमा देव र बसिरले पुनरागमन गरेका हुन् । आइसिसी विश्वकप लिग दुईअन्तर्गत नेदरल्यान्ड्सको भ्रमणमा सन्दीपको प्रदर्शन पनि खराब रहेको थियो । उनी लगातार तीन खेलमा विकेटविहीन भएका थिए । करिअरमा उनी पहिलोपटक तीन खेलमा विकेटविहीन भएका थिए ।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी, सन्दीप जोरा