मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १८ सोमबार
  • Wednesday, 02 September, 2026
२o८३ श्रावण १८ सोमबार ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको सखुवानन्कारकट्टीमा सामाजिक सद्भाव र्‍याली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १८ सोमबार ११:४९:oo

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकाका स्थानीय सामुदायिक अगुवाहरूको पहलमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ ।

सुनसरी तथा सिराहाको गोलबजारको घटनापछि सामुदायिक तहमा आपसी मेलमिलाप तथा सौहार्दताका लागि र्‍याली निकालिएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए । र्‍यालीमा स्थानीय विभिन्न समुदायका अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको उनले बताए ।

खैरबोनास्थित गाउँकार्यपालिका परिसरबाट निस्किएको र्‍याली पालिकाअन्तर्गतका मुख्य चोक तथा बस्त्तीहरू पुगेर सामाजिक सद्भावका लागि अनुरोध गरिएको स्थानीय घुरन महराले बताए। गोलबजारमा चार दिनअघि एकजनाको ज्यान जाने गरी उग्र प्रदर्शन भए पनि जिल्लाका अन्य ठाउँमा अवस्था तुलनात्मक रूपले सामान्य रहयो ।

स्थानीय प्रशासनले गोलबजार र लहानमा लगाएको कर्फ्यु हटाइएपछि अवस्था सामान्य हुँदै गएको छ ।