मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असार २९ सोमबार
  • Thursday, 30 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असार २९ सोमबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारीको नाममा साढे दुई करोड ठगी, एउटै व्यक्तिसँग ७० लाखसम्म असुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असार २९ सोमबार १९:oo:oo

क्यानडा, लिथुआनियालगायतका देशमा रोजगारीका लागि लैजाने भन्दै २६ जनाबाट साढे दुई करोड ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कैलालीको लम्किचुहा नगरपालिका– ६ घर भई काठमाडौं चन्द्रागिरि– ५ बस्ने ४६ वर्षीय लहानुराम चौधरीलाई पक्राउ गरेको हो।

चौधरीले एउटै व्यक्तिसँग ७० लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ। उनले कैलाली, बर्दिया, चितवन, पर्सा, खोटाङ, पाल्पालगायतका जिल्लाका व्यक्तिहरूबाट रकम ठगी गरेकाे पाइएको छ।

चौधरीविरुद्ध यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीबाट २७ लाख बिगोको ठगीसम्बन्धी मुद्दा र जिल्ला प्रहरी परिसर भक्तपुरबाट तीन लाख बिगोको बैंकिङ कसुर मुद्दा दर्ता भएकोमा उनी फरार थिए।