मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असार १६ मंगलबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असार १६ मंगलबार o८:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डा. बाबुराम भट्टराईको नयाँ अवधारणा : नेपाल अब दुई ढुंगाबिचको लालीगुँरास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असार १६ मंगलबार o८:१४:oo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको विदेश नीति अब दुई ढुंगाबिचको तरुल नभएर दुई ढुंगाबिचको लालीगुराँसका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । परराष्ट्र मन्त्रालयको वार्षिक कार्यक्रम ‘प्रोफेसर यदुनाथ खनाल व्याख्यान’ शृंखलाको पाँचौँ संस्करणका मुख्य वक्ताका रूपमा सोमबार सम्बोधन गर्दै उनले अब नेपालको अस्तित्व रक्षाको प्रश्न बाहिर निस्केर समृद्ध हुनुपर्नेमा जोड दिए ।

‘नेपाल दक्षिण एसियाकै सबैभन्दा पुरानो र विश्वकै एक ऐतिहासिक राष्ट्रका रूपमा सुरक्षित छ । मुख्य प्रश्न नेपाललाई कसरी समृद्ध बनाउने भन्ने मात्र हो । अब दुई ढुंगाको छायाँबाट बाहिर निस्केर यो लालीगुँरास पूर्ण रूपमा फुल्ने वेला आएको छ,’ भट्टराईले भने ।

१८औँ शताब्दीको मध्यमा नेपालको एकीकरणका नायक राजा पृथ्वीनारायण शाहले दिव्य उपदेशमा नेपाललाई दुई ढुंगाबिचको तरुलको संज्ञा दिएका थिए । भट्टराईले ढुंगा (चीन र भारत)को बिम्ब अझ बढी सान्दर्भिक भएको स्वीकार गरे, तर आजको आधुनिक, गणतान्त्रिक र सचेत नेपाललाई तरुल भन्नु न्यायसंगत नहुने जिकिर गरे ।

‘आजको नेपाललाई परिभाषित गर्न तरुलभन्दा लालीगुँरास फूलको बिम्ब बढी उपयुक्त हुन्छ । किनभने यो देशले केवल आफ्नो अस्तित्व मात्र जोगाएको छैन, बरु आफ्नो सार्वभौमिकता र स्वतन्त्रता रक्षाका लागि अनेकौँ प्रतिरोधात्मक संघर्ष र क्रान्ति गर्दै आफ्ना जनतालाई अधिकार, स्वतन्त्रता, न्याय र समानता प्रदान गरेर ढकमक्क फुलिरहेको छ,’ उनले भने ।

नेपालको वैदेशिक सम्बन्ध सञ्चालनका लागि भट्टराईले नयाँ रणनीतिक दृष्टिकोणका लागि तीनवटा प्रस्ताव पेस गरेका छन् । उनले व्यावहारिक आदर्शवाद, दुई देशबिच गतिशील पुल र नेपाललाई शान्तिराष्ट्रको प्रस्ताव गरे । ‘हामी आर्थिक रूपमा परनिर्भर रहुन्जेल व्यावहारिक रूपमा पूर्णस्वतन्त्र हुन सक्दैनौँ,’ उनले भने । नेपालले भूराजनीतिक जोखिमलाई आर्थिक वृद्धिमा बदल्नुपर्ने बताए । यसमा फिनल्यान्डको उदाहरणबाट सिक्नुपर्नेमा उनको जोड थियो ।