मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असार ७ आइतबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असार ७ आइतबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको सफलता नयाँ क्रान्ति, कन्स्पिरेसी थ्याैरीको कथा बुन्ने मेरो पुस्ता भ्रममा छ : भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असार ७ आइतबार १७:२४:oo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रूपमा लिनुपर्ने बताएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै डा. भट्टराईले आधुनिक प्रविधिको प्रयोगमार्फत रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको बताए। तर, आफ्नो पुस्ताका नेताहरू विदेशी शक्तिलाई जोडेर ‘कन्स्पिरेसी थिअरी’ (षड्यन्त्र सिद्धान्त)को कथा बुनिरहेका भन्दै डा. भट्टराईले आपत्ति जनाए।

‘मेरा पुस्ताका साथीहरूलाई ठुलो भ्रम छ। उहाँहरू खाली कन्स्पिरेसी थ्याैरी–दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भन्ने कथा बुनिरहनुभएको छ,’ उनले भने, ‘तर मेरो स्पष्ट धारणा के छ भने समाज बदल्न हिँड्नेहरू ज्वारभाटाको विरुद्ध लाग्छन्। भन्नेले भनिरहन्छन् सत्य र न्यायको पक्षमा उभिरहनुपर्छ।’