मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ जेठ २५ सोमबार
  • Monday, 31 August, 2026
आमना बेगम
२o८३ जेठ २५ सोमबार ११:o५:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

आप्रवासीको हत्याले तरंगित ब्रिटिस समाज

आप्रवासीविरोधी राजनीतिक उभारले कालान्तरमा मुस्लिम, सिख, अन्य भारतीय समुदायविरुद्ध घृणाभाव फैलाउने निश्चित छ

Read Time : > 3 मिनेट
आमना बेगम
नयाँ पत्रिका
२o८३ जेठ २५ सोमबार ११:o५:oo

गत वर्षको अन्तिमतिर बेलायतमा १८ वर्षीय विद्यार्थी हेनरी नोभाकको हत्या भयो । घटना बेलायतको साउथह्याम्प्टन सहरमा भएको थियो । ब्रिटिस मुलका सिख नागरिक विक्रम डिग्वाले चक्कु हानेपछि उनको ज्यान गएको थियो । लामो अनुसन्धानपछि केही दिनअघि मात्र घटनाको आधिकारिक अवस्थाबारे तथ्य सार्वजनिक हुनथाल्यो । यस घटनाबारे थप तथ्य सार्वजनिक हुँदै जाँदा ब्रिटिस समाज तरंगित भएको छ । घटना घटेको साउथह्याम्प्टन सहरमा दंगा नै भड्कियो । 

आशा, योजना र सम्भावनाले भरिएको एकजना नवयुवकको जीवन अपराधका कारण अल्पायुमै टुंगिनु हरेक हिसाबमा दुःखद क्षति थियो । नोभाकका बुबा मार्क नोभाकले यस घटनाले उनको परिवारलाई ‘बाँकी जीवनभर’ शोक छाडेर गएको बताएका छन् । तथापि, उनले आफ्नो छोराको मृत्युलाई समाजमा थप विभाजन, घृणा वा तनाव बढाउन प्रयोग नगर्न अपिल गरेका छन् । परिवार सदस्यको अपिलका बाबजुद, एक पोलिस आप्रवासीको छोरा नोभाकको हत्याको ठुलो राजनीतिकरण भएको छ । यस प्रकरणलाई पछिल्लो समय जनमत बढाउँदै लगेका ब्रिटिस उग्रदक्षिणपन्थीले फाइदा लिने प्रयास गरेका छन् । 

उता अमेरिकी दक्षिणपन्थी समूह तथा व्यक्तित्वले घटनाबारे टिप्पणी गरेर झन् आक्रोशलाई बढाउने प्रयास गरे । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र व्यापारी एलन मस्कले गोरामाथि अनुचित व्यवहार बढ्दै गएको प्रतिक्रिया दिएर आप्रवासीविरोधी भावनालाई मलजल गरे । जे भयो त्यो दुःखद र भयानक थियो । मुख्यतः घटनासँग जोडिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरै प्रभावित भएको हुन सक्छ । उक्त भिडियोमा, नोभाकले प्रहरीसामु गएर आफूलाई चक्कुले हानिएको बताउँछन् । जवाफमा एकजना प्रहरी अधिकारीले भनेको सुनिन्छ, ‘मलाई त तिमीलाई चक्कु हानिएकोजस्तो लाग्दैन, मित्र ।’

समाजमा क्रोध र निराशा
निश्चित रूपमा यस्ता भिडियोले क्रोध र निराशा जगाउँछन् । एकजना मद्दत खोजिरहेको पीडित व्यक्तिलाई प्रहरीले नै गम्भीरतापूर्वक नलिइएको देख्दा स्वाभाविक रूपमा निराशा उत्पन्न हुन्छ । तर, प्रश्न यो हो कि यो घटनाले कसरी यत्रो हिंसात्मक प्रतिक्रिया जन्मायो र यति ठुलो राजनीतिक विवादमा परिणत भयो ?

यस प्रश्नको उत्तर आंशिक रूपमा ब्रिटिस सांसद तथा उग्र दक्षिणपन्थी दल रिफर्म युकेका नेता निगेल फराजको प्रतिक्रियामा भेट्न सकिन्छ । सन् २०२१ मार्चमा साथीको घरबाट फर्किँदै गरेकी ३३ वर्षीया युवती सारा एभरार्डलाई बिदामा रहेका प्रहरी वेन कोजेन्सले अपहरण गरेर बलात्कार र हत्या गरे । त्यतिवेला महिलाहरूले घटनाप्रति ठुलो विरोध जनाए । तर, त्यतिवेला उनै फराजले कुनै पनि त्रासदीलाई पुरुष वा संस्थाविरुद्ध व्यापक आक्रमण गर्न प्रयोग गर्न नहुने बताएका थिए । (त्यस घटनामा पीडित र दोषी दुवै गोरा थिए ।) तर, अहिले उनको भाषा पूर्ण रूपमा बदलिएको छ । यसपटक शान्तिका लागि अपिल गर्नु त कता हो कता उनी ‘दबेको आक्रोश’जस्ता शब्द प्रयोग गरिरहेका छन् । 

फराज उनै नेता हुन् जसले कुनै वेला पूर्वी युरोपका बासिन्दाभन्दा भारतीय आप्रवासीलाई बेलायतले प्राथमिकता दिनुपर्ने बताउँथे । सम्भवतः त्यतिवेला उनलाई बेलायतलाई युरोपेली युनियनबाट अलग्याउनुपर्ने अडान जित्नु थियो । अर्थात्, उक्त मन्तव्य ब्रेक्जिट राजनीतिसँग जोडिएको थियो । अहिले उनैले पूर्वी युरोपेली (पोलिस) आप्रवासी परिवारका एक ब्रिटिस नागरिकलाई ‘गोरा पहिचान’सँग जोडेका छन् ।  

यस्तो देखिन्छ, कुनै त्रासदीप्रति गरिने फरक प्रतिक्रिया घटना के हो भन्दा पनि को संलग्न थियो र त्यसको आधारमा कुन राजनीतिक भाष्य निर्माण गर्न सकिन्छ भन्ने कुराले निर्धारण गरिन्छ । बेलायतमा त्रासदीलाई राजनीतिक फाइदाका लागि उपभोग गर्ने प्रवृत्ति सामान्य बन्दै गएको यो अर्को प्रतिनिधि घटना हो । अहिलेको घटनापछि उत्पन्न विवादको व्यापक उद्देश्य ‘बढ्दो समावेशिताको अभ्यासकाबिच बहुसंख्यक गोराजाति नै पीडित बनेको’ भाष्य सिर्जना गर्नुजस्तो देखिन्छ ।

अर्थात्, बहुसंख्यक गोरा जनसंख्यालाई अहिले उनीहरूकै देशका संरचनाले बराबर नगरी भेदभाव गर्न थालेको उनको दाबी छ । यसलाई बढाइचढाइ गर्न ‘दुई तहको सुरक्षा’जस्ता शब्दावली प्रयोग गर्न थालिएको छ । तर, यस्ता दाबीहरू तथ्यंकद्वारा समर्थित छन् वा छैनन् भन्ने कुरा प्रायः बेवास्ता गरिन्छ । जब कुनै एउटा घटना ठुलो राजनीतिक भाष्यसँग जोडिन्छ तब त्यसैले सबै यथार्थ प्रस्तुत गर्छ भनेजस्तो गरिन्छ । 

राजनीतिक भाष्य कति बलियो हुन्छ भने कुरा यस प्रकरणपछि बहसका बिच यस स्तम्भकारले गरेको एक अध्ययनले चकित पार्ने कुरा देखायो । बेलायतमा बसोवास गर्ने भारतीय मूलका ब्रिटिस नागरिकहरू (मुख्यतः सिख र हिन्दु सम्प्रदाय) फराज नेतृत्वको रिफर्म पार्टीले दोहोर्‍याइरहने दाबी बेलायतका लागि मुस्लिम आप्रवासन वा इस्लाम खतरा हो भन्ने कुरामा विश्वास गर्छन् । र, यस घटनामा पनि ब्रिटिस उग्रदक्षिणपन्थी अभियन्ता टमी रोबिन्सनले प्रहरीचौकीबाहिर उभिए नोभाकको हत्यालाई पाकिस्तानी मुस्लिमसँग जोडिदिए । र, लगत्तै आमब्रिटिस प्रक्रिया वास्तविक त्रासदीसँग विच्छेद भएर अघि बढिरहेको छ ।

परिवार भर्सेस विश्व
यस घटनाले कसरी एउटा व्यक्तिगत त्रासदी चाँडै संस्था र राज्यप्रति उग्रदक्षिणपन्थीको आक्रमणको साधन बन्न सक्छ भन्ने देखाएको छ । विशेषतः नोभाक प्रकरणलाई ब्रिटिस उग्रदक्षिणपन्थीले देशको बहुसंख्यक भइकन पनि गोरा समुदायमाथि संस्थागत भेदभाव भइरहेको भन्ने ठुलो राजनीतिक भाष्य निर्माण गर्न सफल भएका छन् । यस्तो आप्रवासीविरोधी राजनीतिक उभारले कालान्तरमा मुस्लिम, सिख, अन्य भारतीय समुदाय, अरू खैरो छाला भएका नागरिक वा आप्रवासीविरोधी भावना फैलाउने निश्चित छ । 

नोभाक प्रकरणले राजनीतिक रूप लिएपछि अहिले बेलायतमा सार्वजनिक स्थानमा किरपान (सिख धर्मावलम्बीले बोक्ने सानो चक्कु) प्रतिबन्धका बारेमा बहस उठेको छ । बेलायतमा सार्वजनिक जीवनमा धार्मिक प्रतीकको प्रयोगलाई मान्यता दिइएको छ । तर, हेनरी नोभाकको घटनाले फेरि एकपटक सिखहरूले धार्मिक रूपमा बोक्ने छुट पाएको किरपानमाथि प्रश्न उठायो । निष्पक्ष रूपमा हेर्दा, यो आफैँमा एक ठुलो बहस हो, जसमा धर्म, सुरक्षा, विशेषाधिकार, अल्पसंख्यक अधिकार र समाजले आफ्नो सीमा कहाँ तय गर्ने भन्नेजस्ता कैयौँ प्रश्न जोडिएका छन् । 

नोभाक प्रकरणलाई उग्रदक्षिणपन्थीहरूले गिजोलिरहेको वेला केही मानिसले भने उनका परिवारका केही सदस्यहरूले घटनालाई ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाएका छन् । विशेषतः आफ्नो छोराको कुलत ढाकछोप गर्ने प्रयास गरेको तिनको संकेत छ । यहीँनेर स्तम्भकारो व्यक्तिगत अनुभव जोड्न मन लाग्यो, जो आफैँ बेलायको दक्षिण एसियाली समाजमा हुर्किएँ । 

दक्षिण एसियाली समुदायमा बालबच्चा हुर्किँदै बाल्यकालदेखि नै केही मूल्य–मान्यता सिकाइन्छ । यस्ता मूल्य–मान्यतामा, हाम्रा रगतका नातागोतालाई जुनसुकै अवस्थामा पनि सहयोग गर्ने, जे भए पनि आफ्नो परिवारको रक्षा गर्ने, र अन्ततः संसारविरुद्ध लड्नुपरे पनि आफ्नो परिवारलाई साथ दिने भन्ने पर्छ । तर कहिलेकाहीँ प्रश्न आउँछ कतै यही सोचले त हामीलाई वृहत्तर कुराप्रति अन्धो त बनाउँदैन । जब परिवारप्रतिको बफादारी सर्वोपरि हुन्छ, हामी बिर्सन्छौँ कि हामी पनि वृहत्तर समाज र साझा मानवताको हिस्सा हौँ । र, यो यस मुद्दाको सबैभन्दा असहज प्रश्न नै यही हो, यदि तपाईंको आफ्नै परिवारको कुनै सदस्यले यस्तो अपराध गर्‍यो भने, त्यो क्षणमा तपाईं के गर्नुहुन्छ ? के तपाईं परिवारप्रतिको बफादारी रोज्नुहुन्छ, वा सही कुराको लागि खडा हुनुहुन्छ ? 
– द प्रिन्टबाट