श्रीमतीकाे हत्या गरेको आरोपमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ परेका छन् । उनले रड प्रहार गरी श्रीमतीको हत्या गरेका थिए ।
काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।