बागमती प्रदेश सरकारले चारजना पत्रकारलाई पुरस्कृत गरेको छ। गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले विधागत रूपमा चार पत्रकारलाई पुरस्कृत गरेको हो।
दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ पत्रिकाकर्मी पोष्टराज अधिकारी (कुमार)सहित चारजना पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो। नयाँ पत्रिकाको मकवानपुर संवाददातासमेत रहेका अधिकारीलाई खोज पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा विकास पत्रकारिता पुरस्कारबाट सुनिता विष्ट, सुशासन पत्रकारिता पुरस्कारबाट रामेछापका युवराज श्रेष्ठ र संघीयता संस्थागत पुरस्कारबाट ललितपुरका रामहरि कार्की पुरस्कृत भएका हुन्। पत्रकरिताका माध्यमबाट गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिक तहसम्म सूचना सम्प्रेषणमा खेलेको भूमिकाको मूल्यांकनसहित उनीहरूलाई जनही ५० हजार नगदसहित पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा गणतन्त्र दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिता, खुला दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।