मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २८ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २८ बिहीबार २२:४२:oo
Read Time : < 1 मिनेट
समाचार

विद्यार्थीलाई जातीय विभेद गरेको अभियोगमा भक्तपुरस्थित विद्यालयका प्रअ र सहायक प्रअविरुद्ध छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २८ बिहीबार २२:४२:oo

विद्यार्थीलाई जातीय विभेद गरेको आरोपमा भक्तपुरको सूर्यविनायक– ३ बालकोटस्थित स्थित सञ्जय साई विद्यामन्दिरका प्रधानाध्यापक तुल्सीराम भण्डारी र सहायक प्रधानाध्यापक यादव भट्टराईविरुद्ध जिल्ला अदालत भक्तपुरमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । 

आठ कक्षामा पढ्ने विद्यार्थीका अभिभावक चित्रबहादुर मिजारले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको हो । परीक्षामा राम्रो नतिजा नआएपछि आफूलाई तल्लो जातको भनेर होच्याएको पीडित विद्यार्थीको भनाइ छ । प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले भने आफूहरूले त्यस्तो व्यवहार नगरेको दाबी गरेका छन् ।