मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ बैशाख २५ शुक्रबार
  • Wednesday, 30 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८३ बैशाख २५ शुक्रबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघको गलत काम प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन हुँदैन : सभापति थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ बैशाख २५ शुक्रबार १८:४४:oo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारले गरेको गलत कामहरू प्रदेश र स्थानीय सरकारलाई नगर्न आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल’ छलफल शृंखलाअन्तर्गत सुकुमवासी समस्यासम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुने स्पष्ट सन्देश दिएका हुन्।

उनले सुकुमवासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने स्पष्ट पारे। डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै उनले कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिए। ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्नुहुँदैन,’ उनले भने।

सभापति थापाले दशकौँदेखि जटिल बन्दै आएको सुकुमवासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिए। वास्तविक सुकुमवासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने उनको धारणा थियो।

थापाले पार्टीले यस विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै ग्रिन टेबलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने पनि जानकारी दिए।

↑