ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको चैत १४ गते शनिबारदेखि चैत २० गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा संलग्न हुँदा पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने र नयाँ काममा सफलता मिल्ने योग छ । व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । धनआर्जन पनि राम्रै हुनेछ । धेरैले भरोसा गर्ने योग भए पनि शुक्रबार विवाद शत्रु बढ्ने स्वास्थ्यमा संकट आउने छ । अरूको समस्याले आफूलाई पीडित बनाउने हुनाले संयम अपनाउनुपर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको सुरुमा जोश र जाँगर बढ्नेछ आँटेका काममा सजिलै सफलता हासिल गर्न सकिनेछ । व्यापारमा केही कठिनाइ आउनेछ । यात्रा गर्ने अवसर मिले पनि विवादको सामना धेरै गर्नुपर्ला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । दाम मनग्ये कमाउने अवसर मिल्ने योग छ । घरेलु काममा सफलता मिल्नेछैन । भाग्य बलियो हुने र धर्ममा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समयले मध्यम फल दिनेछ । पराक्रम बढ्नुको साथै काममा सफलता मिल्नेछ । यात्रा तथा व्यापारमा लाभ हुनुको साथै भेटघाटबाट प्रसन्नता बढ्नेछ । संयम हुँदै प्रयत्न गर्दा तपाईंको लगनशीलता र इमान्दारिताको तारिफ गर्नेहरू धेरै हुनेछन् । पढाइमा सफलता मिल्नेछ । नयाँ काम पाउने सम्भावना प्रशस्तै देखिन्छ । राज्यबाट सम्मान पाउने योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा उतारचढाव आउने योग छ । विश्वास गरेकाले नै धोका दिनेछन् । कुरा काट्नेहरू बढ्नेछन् । गलत विचार बढ्नुको साथै धार्मिक कार्यमा अरुचि बढ्नेछ । विनाकारण दु:ख पाउने समय छ । पराक्रमको आडमा अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग भए पनि संयमता पाहिला–पाहिलामा अपनाउनुपर्ला । सानो भुलको पनि परिणाम ठुलो हुन सक्छ गोपनीयता अपनाउनु वेश होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुरुमा सोच्ने शक्ति बढ्नेछ । धन मनग्ये कमाउने अवसर मिल्नेछ । अरूको विश्वास आफूतिर बढाउन पनि सकिनेछ । महत्वपूर्ण जिम्मेवारी आफूमाथि आउनेछ । घरजग्गा जोड्ने समय छ । प्रयास गर्दा सफलता पाउनुहोला । पढाइमा रुचि बढ्नेछ । बौद्धिकता बढ्ने धर्ममा रुचि बढ्नेछ । राज्यबाट सम्मान पाउने योग रहेको छ । बोलीको प्रभावमा अरूको मन जित्न सकिए पनि परिवारबाट सहयोग मिल्नेछैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पढाइमा सफलता पाउने योग कायमै छ । नाम कमाउने अवसर पनि मिल्नेछ । काममा सुधार आउनेछ । अरूको मन जित्न सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग रहेको छ । भोजभतेर र सभासम्मेलनमा जाने अवसर मिल्नेछ । तपाईंको लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेको कमी नहोला । कुरा काट्नेहरू बढ्ने हुँदा संयम हुनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रशंसनीय कार्य गर्ने अवसर मिल्नेछ । भेटघाटमा अरूबाट हुने प्रशंसाले खुसी हुने योग छ । भाग्यले साथ नदिए पनि कर्म बलिया भएकाले गरेका कामबाट आमदानीको स्रोतहरू प्रशस्त प्राप्त हुनेछन् । आत्मविश्वास बढ्ने भएकाले ठुला व्यक्तिसित अन्तक्र्रिया हुने र उनीहरूबाट सम्मान पाउने योग छ । वैदेशिक कार्यमा महत्वपूर्ण सफलता हात पार्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पढाइमा राम्रो सफलता अलि कसरत गर्नुपर्ला । व्यापारमा गरेका प्रयास फलदायी रहनेछन् । धन मनग्ये कमाउने अवसर मिल्नेछ । सभासम्मेलनमा संलग्न भई अन्तत्र्रिmया गर्ने अवसर पनि पाउनुहोला । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । राज्यले तपाईंको इमान्दारिताको मूल्यांकन राम्रो गर्नेछन् । ठुला व्यक्तिसामुु आफूलाई स्थापित गर्न सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साताको सुरुमा धार्मिक र सामाजिक काममा संलग्न हुँदै आयमूलक कार्यका लागि अघि बढ्ने अवसर मिल्नेछ । भाग्यले साथ दिने योग छ । ठुला व्यक्तिबाट मानसम्मान पाउने परिश्रमबाट काम बन्ने तथा देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर पाउनुहोला । धन मनग्ये कमाउने अवसर मिलनेछ । प्रशंसा गर्नेहरू प्रशस्तै हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पढाइमा सोचेभन्दा बढी सफलता मिल्नेछ । व्यापारमा गरेका प्रयास फलदायी रहनेछन् । वैदेशिक कार्य सोचेभन्दा राम्रोसँग अघि बढ्नेछ । लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेको कमी नहोला । शुक्रबार र शनिबार स्वास्थ्यमा संकट आउने र मनमा चिन्ता बढ्ने काममा बाधा सिर्जना हुनेछ । लेनदेनमा अघि नबढ्नु उचित हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) यात्रा गर्ने अवसर मिल्नुका साथै व्यापारमा लाभ मिल्ने योग रहेको छ । भाग्यले साथ दिनेछ । बुधबार वृहस्पतिबार शत्रु बढ्ने, मन अशान्त हुने आर्थिक संकट बढ्नेछ । स्वास्थ्यमा संकट आउनाले काम रोकिने र मन चिन्तित हुने देखिन्छ । महत्वपूर्ण काम नगर्नु नै उचित हुनेछ । आर्थिक कारोबारमा अघि नबढ्नु नै उचित हुन्छ । विश्वास गरेकाले नै धोका दिन सक्ने भएकाले संयम हुनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यापारमा लाभ हुनुको साथै धार्मिक कार्यमा रुचि बढ्ने भाग्यले साथ दिने हुँदा मनोबल पनि बढ्नेछ । यात्रा गर्ने अवसर पनि मिल्नेछ । मानसम्मान पनि पाउनुहोला । आफन्तहरूको उचित सहयोग पाउनुहोला । पढाइमा सफलता राम्रै मिल्नेछ । अरूको मन जित्न सकिनेछ । अरूबाट प्रशंसा पनि पाउनुहोला । ठुला व्यक्तिको विश्वासको पात्र भई अघि बढ्ने अवसर मिल्नेछ ।