मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ फाल्गुण २४ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ फाल्गुण २४ आइतबार o९:३१:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ फाल्गुण २४ आइतबार o९:३१:oo

 निर्वाचनको प्रारम्भिक परिणामलाई कसरी हेर्नुभएको छ ?
बडो रमाइलो लागिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डैझन्डै दुईतिहाइ बहुमत पाउने अवस्था देखिएको छ । यो भनेको देशको संविधानसमेत संशोधन गर्न सक्ने शक्ति हो । त्यसैले, उसलाई निकै ठुलो अवसर प्राप्त भएको छ । रास्वपा तलसम्म बलियो जरा भएको दल होइन । ऊ अहिले पार्टी बन्ने क्रममै छ, बनिसकेको छैन । आगामी दिनमा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहबिच सहमति भएर अघि बढ्न सकेको खण्डमा राम्रै परिणाम आउन पनि सक्छ । अन्यथा, देश राजनीतिक अस्थिरतामै अल्झिन पनि सक्छ । त्यसैले, आगामी दिनमा देशको राजनीति कता जान्छ, पर्खेर हेर्नुपर्छ । 

निर्वाचन परिणामले दिएको खास सन्देश के हो ?
यसपटकको निर्वाचनको परिणाम भनेको पुराना राजनीतिक दलप्रतिको जनताको ‘फ्रस्टेसन’को मुखर अभिव्यक्ति हो । राजनीति विकल्पहीन हुँदैन । दलहरूले विकल्प दिन सकेनन् या चाहेनन् भने जनता स्वयंले विकल्प खोज्छन् । विगतमा देश राजनीतिक रूपमा धेरै फेरियो । तर, आर्थिक रूपमा कहिल्यै फेरिएन । त्यसैको परिणामस्वरूप जनतामा दलविरुद्ध आक्रोश भरिँदै गयो । त्यसैले, अबका दिनमा पनि आर्थिक पाटोको सुधारलाई प्राथमिकता दिन सकिएन भने जनताले जे पनि गर्न सक्छन् भन्ने सन्देश यसले दिएको छ ।

यसबाट पुराना दलले सिक्नुपर्ने पाठ के हो ?
पुराना दललाई यसपटकको निर्वाचन परिणामले दरिलो झापड हिर्काएको छ । अबका दिनमा उनीहरूले आफूलाई सच्याउन सकेनन् भने यिनीहरू सक्किनेछन् । त्यसैले, उनीहरू सच्चिनुको खैरियत छैन । यिनले अबका दिनमा हामी सच्चिन्छौँ, आफ्नो विगतको चरित्र सच्याउँछौँ भनेर माफी मागेर जनतामाझ जान सक्नुपर्छ । जनताबाट टाढिएर मनोमानी ढंगमा चल्दा के हुँदो रहेछ भन्ने उनीहरूले बुझ्न सक्नुपर्छ ।