एनआइसी एसिया बैंकका ग्राहकलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट हुने भएको छ । ग्राहकलाई छुट प्रदान गर्न बैंक र रिसोर्टबिच द्विपक्षीय सम्झौतासमेत भएको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।