मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १६ सोमबार १o:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १o:२२:oo

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंक ‘सम्पत्ति गुणस्तर’अन्तर्गतको विधामा सम्मानित भएको हो । शुक्रबार नयाँदिल्लीमा आयोजित ‘तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।

बैंकले सम्पत्तिको संरचना तथा यसको प्रभावकारी परिचालन र गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरेबापत उक्त अवार्ड प्राप्त गरेको बताइएको हो । यो अवार्ड पाएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

छुटाउनुभयो की ?