मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Thursday, 04 September, 2025
२o८२ भदौ १६ सोमबार १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अफगानिस्तानमा मध्यरातमा गएको भूकम्पमा परी २५० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १२:१४:oo

अफगानिस्तानम ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा २५० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

अफगानिस्तानको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रविन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

तालिबान सरकारले पहिलोपटक सार्वजनिक गरेको विवरणअनुसार भूकम्पमा परी २५० जनाको मृत्यु भएको अमेरिकी अनलाइनलाई एनबिसीन्युजले जनाएको छ।

त्यस्तै, ५०० भन्दा बढी घाइते भएको पनि समाचार उल्लेख छ।

भूकम्पले ग्रामीण इलाकामा क्षति पुर्‍याएकाले विवरण पनि ढिला प्राप्त भएको भनेर तालिबानलाई उद्धृत गरेर एनबिसीले लेखेको छ।

भूकम्पले धेरै प्रभाव पारेको क्षेत्रमा उद्धारका लागि सडकबाट जाने अवस्था नरहेको भनेर तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्।

राति ६ म्याग्नेच्युडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्नेच्युडभन्दा बढी तीव्रताको परकम्पले थप क्षति पुर्‍याएको बताइएको छ।

त्यसपछि पनि चार साढे चार म्याग्नेच्युडभन्दा बढी तीव्रताका कैयौँ परकम्प महसुस भएको थियो।

भूकम्पको पहिलो झट्काले अफगानिस्तान र पाकिस्तानको पूर्वी सिमानामा केन्द्रविन्दु बनाएको भए पनि यसको दुई सय किलोमिटरको दूरीमा रहेको काबुल र चार सय किलोमिटर दूरीमा रहेको इस्लामावादसम्म हल्लाएको थियो।

यसअघि सन् २०२२ मा पूर्वीअफगानिस्तानमा ५.९ म्याग्नेच्युडको भूकम्प जाँदा एक हजारजनाको मृत्यु भएको थियो।