मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १६ सोमबार ११:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई गुणा खुसी दिने सामसङको ‘दिनदिनै दसैँ’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार ११:o६:oo

चाडबाड नजिकिँदै गर्दा सामसङ नेपालले ‘दिनदिनै दसैँ’ सार्वजनिक गरेको छ । कम्पनीले दसैँलाई अझ रमाइलो बनाउन नयाँ योजना सार्वजनिक गरेको हो । यो योजना १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर ०२५ सम्म लागू हुने बताइएको छ ।

कम्पनीका अनुसार योजना अवधिमा नयाँ सामसङ स्मार्ट फोन वा ट्याब्लेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन् । योजनामा सहभागी हुनचाहिँ ग्राहकले नयाँ सामसङ स्मार्ट फोन वा ट्याब्लेटको सिरियल नम्बर टाइप गरी सामसुङ स्पेस (सिरियल नम्बर) लेखेर ३५००१ मा एमएमएस पठाउनुपर्नेछ ।

प्रत्येक दिन एक भाग्यशाली विजेताले एक लाख रुपैयाँसम्म र अन्य १० जनाले १० हजारसम्मको भाटभटेनी सपिङ भौचर प्राप्त गर्नेछन् । यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने कम्पनीले जनाएको छ । यी सपिङ भौचर दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बन्ने कम्पनीको भनाइ छ । कम्पनीका निर्देशक प्रणयरत्न स्थापितका अनुसार यस योजनामार्फत सामसङले ग्राहकलाई चाडबाडको अनुभव दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । 

छुटाउनुभयो की ?