मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १६ सोमबार ११:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिलायबल नेपालको वार्षिकोत्सवमा विविध कार्यक्रम आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार ११:५७:oo

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा कम्पनीले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँमा छुट्टा–छुट्टै कार्यक्रम गरेको जनाएको छ । 

कम्पनीका कर्मचारी तथा एडभाइजरहरूको समेत सहभागितामा केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट बिमा जागरणसहितको प्रभातफेरी कार्यक्रम निकालिएको थियो । उक्त प्रभातफेरी मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः ज्ञानेश्वर पुगेर समापन भएको थियो ।

 यही अवसरमा कम्पनीले महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखामा रक्तदान तथा स्थास्थ्य शिविर पनि सम्पन्न गरेको छ । त्यसैगरी राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, बनेपा, इलाम, शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा वृद्धाश्रममा खाद्य सामग्री वितरण र सरसफाइसमेत गरिएको थियो । 

छुटाउनुभयो की ?