मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Thursday, 04 September, 2025
२o८२ भदौ १६ सोमबार १२:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाका ग्राहकलाई सिपी हस्पिटलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १२:१५:oo

 एनआइसी एसिया बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटल प्रालिमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट उपलब्ध गराउन दुवै पक्षबिच सम्झौता सम्पन्न भएको छ । यससँगै बैंकका ग्राहकले सिपी हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधाको लाभ उठाउन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । हस्पिटलसँगको यस सहकार्यले धनगढीस्थित बैंकका ग्राहक लाभान्वित हुने र देशको डिजिटल भुक्तानी सेवा प्रवद्र्धनमा पनि सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।