मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
एजेन्सी सिड्नी
२o८२ भदौ १६ सोमबार o९:४५:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अस्ट्रेलियाले गर्‍यो इरानी दूतलाई देशनिकाला

Read Time : < 1 मिनेट
एजेन्सी, सिड्नी
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार o९:४५:oo

अस्ट्रेलियाले इरानका राजदूतलाई देशनिकाला गरेको छ । मेलबर्न र सिड्नीमा भएका यहुदीविरोधी आक्रमणमा इरानको हात रहेको आरोप लगाउँदै इरानी राजदूत अहमद सादेगीलाई देशनिकाला गरेको हो । दोस्रो विश्वयुद्धपछि अस्ट्रेलियाले राजदूतलाई निष्कासन गरेको यो पहिलोपटक हो । ‘गुप्तचर सेवाले विचलित पार्ने निष्कर्ष निकालेको छ कि इरानले कम्तीमा दुईवटा यहुदीविरोधी आक्रमणको निर्देशन दिएको छ,’ अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने । राजदूत सादेगीसहित अन्य तीन अधिकारीहरूलाई पनि सात दिनभित्र देश छोड्न आदेश दिइएको छ ।

अक्टोबर २०२४ मा सिड्नीको बोन्डी उपनगरमा रहेको कोषेर क्याफे र लुइस कन्टिनेन्टल क्याफेमा भएको आगलागीमा तेहरानको हात रहेको प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा बताए । गुप्तचर निकायले डिसेम्बर २०२४ मा मेलबर्नको एडास इजरायल सिनागोगमा भएको ठुलो आगजनीमा इरानले निर्देशन दिएको प्रधानमन्त्रीले बताए । 

दुई आक्रमणमा कुनै पनि शारीरिक चोटपटक लागेको रिपोर्ट गरिएको छैन । ‘यी असाधारण र खतरनाक आक्रामक कार्य थिए जुन अस्ट्रेलियाको भूमिमा विदेशी राष्ट्रले आयोजना गरेको थियो,’ अल्बानिजले भने । ‘तिनीहरू सामाजिक एकतालाई कमजोर पार्ने र हाम्रो समुदायमा कलह रोप्ने प्रयास थिए । यो पूर्णतया अस्वीकार्य छ,’ उनले अगाडि थपे । अस्ट्रेलियाले इरानबाट आफ्नै राजदूतलाई पनि फिर्ता बोलायो र तेहरानमा दूतावासको सञ्चालन निलम्बन गर्‍यो ।

प्रधानमन्त्रीले भने, ‘अस्ट्रेलियाली कूटनीतिज्ञहरू सबै ‘तेस्रो देशमा सुरक्षित’ छन् । अस्ट्रेलियाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सलाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गर्न पनि कानुन बनाउन उनले बताए । युद्धपछिको अवधिमा अस्ट्रेलियाले राजदूतलाई निष्कासन गरेको यो पहिलोपटक भएको विदेशमन्त्री पेनी वोङले बताए । क्यानबेराले अस्ट्रेलियालीहरूको हितलाई अगाडि बढाउन इरानसँग कूटनीतिक सम्बन्धलाई निरन्तरता दिने उनले बताए । अस्ट्रेलियाको तेहरानमा १९६८ देखि दूतावास छ । यद्यपि, अस्ट्रेलियालीहरूलाई २०२० देखि इरान हुँदै यात्रा नगर्न सल्लाह दिइएको छ ।
 

छुटाउनुभयो की ?