मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
२o८२ भदौ १६ सोमबार o९:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. केसीले गेटामा सुरु गरे अनशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार o९:४५:oo

चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले कैलालीको गेटामा अनशन सुरु गरेका छन् । चिकित्सा क्षेत्र सुधारसम्बन्धी दुईवटासहित चारबुँदे माग गर्दै उनले आइतबारबाट गेटा अस्पतालमा अनशन थालेका हुन् ।

केसीले पहिलो बुँदामा प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा आयोगले निजी मेडिकलमा विद्यार्थी सिट संख्या बढाउने निर्णय फिर्ता लिनुपर्ने, गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउनुपर्ने तथा विगतमा भएको सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज खोल्न सरकारसँग माग गरेका छन् ।

 दोस्रो बुँदामा उनले स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, मेडिकल शिक्षालाई गैरनाफामुखी बनाउन, सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न तथा आफूसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

भारत सरकारसँग कुरा गरेर अतिक्रमित नेपाली भूमि लिपुलेक फिर्ता ल्याउन केसीले सरकारसँग माग गरेका छन् । चौथो बुँदामा उनले युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायलसँग माग गरेका छन् । अनशन तीन दिनसम्म चल्ने उनले बताए । 

छुटाउनुभयो की ?