मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ६ शुक्रबार १७:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टप एन्ड टी–२० शृंखला : नेपाललाई १४५ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार १७:o६:oo

नेपाललाई पाकिस्तान शाहीन्सले टप एन्ड टी–२० शृंखलामा १४५ रन लक्ष्य दिएको छ । 

शुक्रबार डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनायो । 

पाकिस्तानका लागि कप्तान इरफान खानले अविजित ४२ रन बनाए । अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा कुशल भुर्तेलले एक विकेट लिए ।

यसअघि लगातार तीन खेलमा पराजित नेपालले पछिल्लो दुई खेल जितेको थियो । पहिलो खेलमा  नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको  हो । नेपालले चौथो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।