मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिसिआरसी र प्रिमियर उपाधिनजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o१:oo

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र प्रिमियर आइबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सानागाउँस्थित रोयल स्पोर्टस् सेन्ट्रलको हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सिसिआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ७९–७५ ले पराजित गर्‍यो । सिसिआरसीको जितमा तुसार महर्जनले ३० स्कोरको योगदान गरे ।

सिसिआरसीले तेस्रो र चौथो क्वार्टरमा पुनरागमन गर्दै जित सुनिश्चित गर्‍यो । सिसिआरसीले तेस्रोमा २२–२० र चौथोमा २२–१५ स्कोर गरेको थियो । सिसिआरसी पहिलोमा १७–१९ र दोस्रोमा १८–२१ ले पछि परेको थियो । आरुष श्रेष्ठको २४ स्कोरको सहयोगमा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८–७९ ले हरायो । पहिलो क्वार्टरमा २७–१२ को अग्रता लिएको प्रिमियर दोस्रोमा १८–२६ ले पछि पर्‍यो । तेस्रो क्वार्टरमा २४–१५ को अग्रता बनाउँदै प्रिमियर समग्रमा ६९–५३ ले अगाडि रह्यो । ग्रिनफिल्डले चौथो क्वार्टरमा २६–१९ को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।

महानगरले उनीहरूलाई जरिवाना तिराउनुका साथै सम्झाइ–बुझाइसमेत गर्ने गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षको सुरुदेखि सार्वजनिक स्थानमा धूम्रपान गर्न निषेध गरेको थियो । जसअनुसार साउनभर सम्झाइ–बुझाइ र जनचेतनामा केन्द्रित रही १ भदौदेखि जरिवाना लिन थालेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

‘सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई कारबाहीका लागि नगर प्रहरी ठाउँठाउँमा परिचालन गरेका छौँ, यसका लागि हरेक दिन छुट्टै टिम खटिएको छ,’ उनले भने, ‘धूम्रपानले स्वास्थ्यमा जटिल समस्या ल्याउँछ, यससम्बन्धी संघीय कानुन पनि बनिसकेको अवस्थामा त्यसैमा टेकेर कार्यान्वयन गर्न लागेका हौँ ।’