मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका राजविराज
२o८२ श्रावण ३१ शनिबार १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार यादवमाथि भएको छुरा प्रहारको घटनाप्रति पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार १o:१६:oo

 सप्तरीमा पत्रकारमाथि भएको छुरा प्रहारको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।नयाँ पत्रिका दैनिकका संवाददाता सौरभ यादवमाथि गत साउन ३० गते राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट नजिकै मोटरसाइकलमा आएका केही व्यक्तिले छुरा प्रहार गरेका थिए । 

पत्रकारमाथिको जघन्य अपराधको घोर निन्दा र भत्र्सना गर्दै महासंघले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ । ‘छुरा प्रहार गर्नेहरूलाई हालसम्म पक्राउ नगर्नु स्थानीय प्रशासनको कमजोरी हो,’ महासंघले विज्ञप्तिमा जनाएको छ । साथै, पत्रकार र पत्रकारिताको सुरक्षा सुनिश्चत गरी स्वतन्त्र र निर्भय वातावरणमा पेशामा लाग्न सक्ने अवस्था बनाउन सम्बद्ध निकायसँग आग्रह गरिएको छ । 

नेपाल पत्रकार महासंघले पत्रकारमाथि हुने आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माणमा सरकारले तुरुन्त कदम चाल्नुपर्ने बताएका छन् ।