मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १२ सोमबार ११:४७:oo
Read Time : < 1 मिनेट
समाचार

न्यायसेवा आयोग बैठक : सर्वाेच्चको मुख्य रजिस्ट्रारमा पौडेल, चारजना विशिष्ट श्रेणीमा बढुवा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार ११:४७:oo

सर्वाेच्च अदालतमा रिक्त रहेको मुख्य रजिस्ट्रार पदमा रजिस्ट्रार विमल पौडेलको सिफारिस भएको छ। सोमबार बसेको न्यायसेवा आयोगको बैठकले रिक्त पदमा पौडेलको सिफारिस गरेको हो। 

मुख्य रजिस्ट्रार रहेका देवेन्द्रराज ढकालले उमेरहदका कारण आइतबारदेखि अवकाश पाएपछि पद रिक्त भएको थियो। त्यस्तै, सर्वाेच्चको रजिस्ट्रारमा मानबहादुर कार्कीको बढुवा सिफारिस भएको छ। 

कानुन र सरकारी वकिलतर्फ पनि विशिष्ट श्रेणीमा बढुवा सिफारिस भएको छ । महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायधिवक्ता सूर्यराज दाहाल नायब महान्यायाधिवक्तामा बढुवा सिफारिस भएका छन्। 
कानुनतर्फ सहसचिवद्वय निर्मला अधिकारी भट्टराई र इन्दिरा दहाल भट्टराईकाे सचिवमा बढुवा सिफारिस भएको छ।  

बैठकले ठूलो संख्यामा कर्मचारीको पनि सरुवा गरेको छ। 

यस्ता छन् बैठकका निर्णयहरू-