मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १२ सोमबार १७:५o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १७:५o:oo

टेलिभिजन हास्य सो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ। निर्माण टिमले आज सोमबार थिम पोस्टर सार्वजनिक गर्दै  ‘क का कि की’ फिल्म निर्माण गर्ने घोषणा गरेको हो।

पोस्टरमा कलाकारहरू गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी देखिएका छन्। त्यस्तै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सिडी विजय अधिकारीलगायत कलाकारहरूको पनि विशेष भूमिका रहने बताइएको छ।

फिल्मको निर्देशन बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको पटकथा बिक्की अग्रवालले लेखेका हुन्। कथामा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ। छायांकन निर्देशक (डिओपी) सुदीप बराल रहनेछन्। फिल्मको थिम पोस्टर रोयल भीमसेनले तयार गरेका हुन्।

फिल्मको वितरण श्री वेंकेटेसले, अन्तर्राष्ट्रिय वितरण सेबेन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन्। निर्देशक अग्रवालका अनुसार चलचित्रको छायांकन आगामी दसैँको टीकाको भोलिपल्टबाट प्रारम्भ हुनेछ।