
सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ले आर्थिक वर्ष ०८१/८२ को प्रतिफल घोषणा गरेको छ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले साउन ११ गते बसेको सञ्चालक समितिको १९१औँ बैठकले आर्थिक वर्ष ०८१/८२ का लागि करसहित आठ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यही साउन ११ गतेसम्म दर्ता किताबमा कायम इकाइधनीहरू मात्र प्रतिफलका लागि योग्य हुने कम्पनीले जनाएको छ।
सिद्धार्थ व्यवस्थित लगानी योजनामा लाभांश पुनः लगानी योजनामा दर्ता भएका इकाइधनीहरूको प्राप्त प्रतिफलबराबरको इकाइ (कर तथा निर्धारित डिपी शुल्कपछिको प्रतिफल रकमबराबरले हुन आउने रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गरी) सम्बन्धित इकाइधनीहरूको हितग्राही खातामा सोझै जम्मा हुनेछ।
साथै, लाभांश पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीहरूको हकमा प्रतिफल रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा सोझै जम्मा हुने कम्पनीले जनाएको छ।