मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १४:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भासिएको चार वर्ष बित्दा पनि पुनर्निर्माण भएन सल्यान -जाजरकोट जोड्ने झोलुंगे पुल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

सल्यान र जाजरकोट जिल्लालाई जोड्ने झोलुंगे पुल भासिएको चार वर्ष बितिसक्दासमेत अलपत्र परेको छ। भेरी नदीमा अवस्थित झोलुंगे पुल भासिएको चार वर्ष बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माणको काम नहुँदा स्थानीयवासीहरू आवागमनमा ठुलो कठिनाइ भोग्न आइरहेका छन् ।  बनगाड कुपिन्डे नगरपालिका–२ बाँमे, बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेलगायत गाउँका झन्डै ३ सय परिवारहरू दैनिक रूपमा प्रभावित भएका हुन् । तीन वर्षअघि वर्षामा भेरी नदीको बहाव बढ्दा झोलुंगे पुलको पिलरसहित पुल भासिएको थियो । जसका कारण पुलको बिच भाग भेरी नदीको सतहमै झुन्डिएको छ । 

विकल्पको अभावमा जोखिम मोलेर स्थानीयहरू अहिले भासिएको पुल प्रयोग गर्न बाध्य छन् । स्थानीयबासीका अनुसार उक्त पुल भएर प्रमुख बजार सल्लीबजार तथा छेउकोे जारजकोटको छेडाबजार जानुपर्ने बाध्यता छ । तर, भासिएको पुल जोखिमपूर्ण भएका कारण स्थानीय मात्र होइन, वस्तु ओसारपसारसमेत कठिन भएको स्थानिय गोपीलाल शर्माले जानकारी दिए । उनका अनुसार दैनिक उपभोग्य वस्तु तथा स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य सामग्री बजारसम्म पु-याउन किसानहरूले सास्ती खेपिरहेका छन् ।

भासिएको पुल अहिले झनै जिर्न भएको छ । अलिकति भेल बढ्नासाथ नदी पार गर्नै सकिँदैन, उहाँले भन्नु भयो ‘पुल भासिएको धेरै भयो, कसैले चासो दिएको छैन् ।’

उक्त पुल २०७२ सालमा बीबीएलएल नामक संस्थाको सहयोगमा निर्माण गरिएको थियो । करिब १५७ मिटर लामो उक्त पुलले वर्षौंदेखि स्थानीय बासिन्दाको दैनिक यात्रा सहज बनाएको थियो । तर, भासिएपछि न त पालिकाले न त सम्बन्धित निकायले पुनःनिर्माण वा मर्मततर्फ चासो देखाएको उनले बताए  ।

पुल भासिएको बिषयमा सम्बन्धित निकायलाई बारम्बार मर्मतका लागि जानकारी गराएपनि कसैले वास्ता नगरेको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार पुल मर्मतका लागि वडाको बजेटले नपुग्ने र प्रदेश र संघमा कुरा राख्दा कसैले नसुनेको उनले बताए । भासिएको पुलबाट स्थानीय वारपार गरिरहेको उनको भनाई छ ।  उनले भने  ‘पुलको अवस्था देख्दा कहिले ठुलो दुर्घटना हुन सक्छ भन्ने डर छ । मैले धेरै पटक प्रदेश माननिय ज्यूहरुलाई कुरा राखे । तर कसैले वास्ता गर्नुभएन ।’ चार वर्षसम्म कुनै पहल नहुनु सरकारको उदासीनता र राज्यको कमजोर उपस्थिति देखिएको उनले बताए ।