मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १३:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइई रोल्पा प्रथम पूजा थापालाई सत्प्रयासको सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

एसइई परीक्षा २०८१ मा रोल्पा जिल्ला प्रथम भएकी पूजा थापालाई सत्प्रयास समूहले नगदसहित सम्मान गरेको छ। शनिबार रोल्पाको लिबाङमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री तथा सांसद दीपेन्द्रकुमार पुनले थापालाई सम्मान गरेका हुन्।

सत्प्रयास समूहले उनलाई ५१ हजार पाँच रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरेको छ। पूजाले लिबाङस्थित बालकल्याण नमुना माविबाट जिल्लामा सबैभन्दा धेरै अंक ३.९१ जिपिए प्राप्त गरेकी थिइन्। सम्मान कार्यक्रममा बोल्दै सांसद पुनले सत्प्रयास समूहको यस कार्यले विद्यार्थीलाई थप प्रोत्साहन गर्ने बताए। उनले ‘म को हुँ र मैले के गर्ने ?’ भन्ने विषयमा जानकारी भएमा प्रगतिका लागि पर्याप्त बाटाहरू रहेको बताए।

सम्मान कार्यक्रममा बोल्दै एसइई जिल्ला प्रथम पूजा थापाले जुन विषय वा ज्ञान आफूलाई आवश्यक हो। त्यसमा मात्र जानकारी लिनुपर्ने बताइन्। प्रविधिले ज्ञान प्राप्तिका अनेक उपाय ल्याइदिएको चर्चा गर्दै उनले निश्चित लक्ष्य राखेर अगाडि बढेमा सफलता आफूसँगै हुने बताइन्। पूजाकी बुवा ओबिलाल थापाले अभिभावकले अध्ययनका लागि हौसला दिने र वातावरण मिलाइदिन सके बालबच्चाहरूले आफैँ प्रगति गर्ने बताए।

प्राप्त रकमको २० प्रतिशत बाल क्लबलाई
सम्मानित हुने पूजा थापाले आफूले सम्मानबापत प्राप्त गरेको जम्मा रकमको २० प्रतिशत रकम अर्थात् १० हजार रुपैयाँ बाल क्लबलाई दिने घोषणा गरेकी छिन्। हालसम्म आफू क्रियाशील रहेको बालकल्याण नमुना माविको बाल क्लबमा अक्षय कोष स्थापना गर्ने र त्यसको ब्याज रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गरिने उनको भनाइ छ।

गत वर्षदेखि सत्प्रयास समूहले सुरु गरेको एसइई जिल्ला प्रथम हुनेलाई सम्मान गर्ने अभियान निरन्तर जारी रहने समूहका अभियन्ता काशीराम डाँगीले बताए। समूहले गत वर्ष प्रतीक भण्डारीलाई सम्मान गरेको थियो। समूहको नेतृत्वमा विभिन्न २७ जना व्यक्तिहरूको आर्थिक साझेदारीमा रकम संकलन गरी सम्मान गरिएको र हरेक वर्ष यसैगरी गरिने अभियन्ता खेम बुढामगरले बताए।